महोत्तरीको बर्दिबासमा प्रहरीले ट्रान्सफर्मर चोरीमा संलग्न संगठित गिरोहका पाँच जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकाबाट ट्रान्सफर्मरभित्रको तामाको तार बरामद भएको छ। कवाडी व्यवसायी इन्द्रजित महतोले अरू चार जनासँग तामाको क्वाइल खरिद गरेको स्वीकार गरेका छन्। प्रहरीले चोरहरूको सञ्जाल पत्ता लगाउन जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ। महोत्तरी जिल्ला प्रहरी कार्यालयका एसपी श्यामकृष्ण सारु मगरका अनुसार गहिरो छानबिन भइरहेको छ। प्रदेश प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा मधेश प्रदेशमा ५८ ट्रान्सफर्मर चोरी भएका छन्। महोत्तरीमा २८, सर्लाहीमा १७, धनुषामा १० र रौतहटमा ३ वटा चोरिएका हुन्। यी घटनामा २० मुद्दा दर्ता भएका छन् र हालसम्म ६ जना पक्राउ परेका छन्।