लुम्बिनी प्रदेशमा स्क्रब टाइफस र डेंगुको संक्रमण बढ्दै गएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। पछिल्लो नौ महिनामा १२ जिल्लामा स्क्रब टाइफसको शंकामा २ हजार ७८० जनाको परीक्षण गरिएकोमा २३१ जनामा संक्रमण पुष्टि भयो। दाङमा ६२४ जनामा शंका गरिएकोमा ६५ जनामा, पाल्पामा ३९६ मध्ये २२ जना र रूपन्देहीमा २१६ मध्ये १४ जनामा संक्रमण देखियो। डेंगुको शंका गरिएका ८४६ जनामध्ये ८२७ जनामा संक्रमण पुष्टि भयो। पाल्पामा २५१, दाङमा १६३, रूपन्देहीमा १२८, गुल्मीमा ६५ र अर्घाखाँचीमा ४५ जनामा पुष्टि भएको छ। जनस्वास्थ्य अधिकृत ताराबहादुर कार्कीका अनुसार विगतको तुलनामा दुवै रोगको संक्रमण बढेको छ। स्क्रब टाइफस किर्नाको टोकाइबाट र डेंगु एडिस लामखुट्टेबाट सर्छ। जोखिम घटाउन झाडी तथा घाँस सफा राख्न र खेतबारीमा काम गर्दा सावधानी अपनाउन सुझाइएको छ। स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, बुटवलले जिल्ला स्वास्थ्य कार्यालयमार्फत परीक्षण किट पठाएको छ।
लुम्बिनीमा ९ महिनामा २३१ जनामा स्क्रब टाइफस र ८२७ जनामा डेंगु पुष्टि
पाल्पामा डेंगु र दाङमा स्क्रब टाइफसको संक्रमण सबैभन्दा बढी देखिएको छ।
Pratik Devkota१ घण्टा अगाडिlumbini

प्रतिक्रिया तथा छलफल
यस समाचारबारे आफ्नो विचार साझा गर्नुहोस्।
पाठकका प्रतिक्रियाहरू
अहिलेसम्म कुनै स्वीकृत प्रतिक्रिया छैन।
पहिलो प्रतिक्रिया दिने व्यक्ति बन्नुहोस्।


